दफा ४२
मूल ऐनको दफा ८५ मा संशोधनः

मूल ऐनको दफा ८५ को सट्टा देहायको दफा ८५ राखिएको छः–

“८५.विद्युतिय स्वरुपमा पेश गर्नुपर्नेः–

(१) कम्पनीले यस ऐनबमोजिम कार्यालयमा पेश गर्नुपर्नेजुनसुकै प्रकृतिकोप्रतिवेदन, विवरण, अभिलेख वा अन्य कागजात विद्युतिय स्वरुपमारविद्युतिय माध्यमबाटै कम्प्युटर प्रणालीमा अपलोड गरी पेश गर्नुपर्नेछ ।

(२) उपदफा (१) को प्रयोजनका लागि कार्यालयले प्रत्येक कम्पनीलाई छुट्टा छुट्टै उपयोगकर्ता परिचय संकेत (युजर आइडेन्टिफिकेशन) उपलब्ध गराउनेछ ।

(३) कम्पनीले कार्यालयको कम्प्युटर प्रणाली उपयोग गर्ने वा विद्युतीय हस्ताक्षर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(४) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयको कम्प्युटर प्रणालीमा कुनै प्राविधिक समस्या उत्पन्न भएको कारण त्यस्तोप्रणाली मार्फत पेश गर्न नसक्ने अवस्था परेमा कागजात वा विवरण पेश गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(५) उपदफा (४) बमोजिम पेश गरिएको कागजात वा विवरण रीतपूर्वक पेश गरेको मानिनेछ ।”